शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

समानुपातिकतर्फ दलहरुले पठाएको सूचिमा त्रुटि, सच्याउन सोमबार ४ बजेसम्मको समय

समानुपातिकतर्फ दलहरुले पठाएको सूचिमा त्रुटि, सच्याउन सोमबार ४ बजेसम्मको समय

साझा पोष्ट
आइतबार, मंसिर २५ २०७९
  • images
    समानुपातिकतर्फ दलहरुले पठाएको सूचिमा त्रुटि, सच्याउन सोमबार ४ बजेसम्मको समय
    images

    काठमाडौं ।  निर्वाचन आयोगले समानुपातिक सांसदको सूचि सच्याउन दलहरुलाई सोमवार दिउँसो चार बजेसम्मको समय दिएको छ । 


    images
    images

    दलहरुले पठाएको सूचिमा त्रुटि देखिएको भन्दै आयोगले भोलिसम्म सच्याउन भनेको हो । दलहरुले नाम पठाउँदा प्राथमिकताक्रम मिचेको आयोगको ठहर छ ।  समानुपातिकको प्रतिनिधिसभा तर्फ समस्या नभए पनि प्रदेश सभामा त्रुटि देखिएकोले सच्याएर पठाउन पत्राचार गरिएको निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । ‘आज हामीले छानविन गर्दा केही केही राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नमिलेको देखियो । र नमिलेको विवरण भोलि सोमवार ४ बजेसम्म राजनीतिक दलहरुले त्यो विवरण सच्याएर आयोगमा पेस गर्नुपर्छ । अनि आयोगले त्यसरी पेस भएको नामावलीहरुलाई निर्वाचित हुनेगरी निर्णय गर्छ ।’ वाग्लेले भने । 

     प्रतिनिधि सभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनैपनि सच्याउनुपर्ने अवस्था छैन । सबै दलले पेस गरेको विवरण ठिक छ । 

    ‘प्रदेश सभा तर्फ केही–केही राजनीतिक दलले पेस गरेको विवरणमा अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना, मुस्लिममा १ नम्बरमा सिफारिस नगरेर २ नम्बरको प्राथमिकताका व्यक्तिलाई सिफारिस गरिएको छ । अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूह तानेर सिफारिस गरिएको छ । अल्पसंख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम छ । खस आर्यको पहिलो प्राथमिकताको सिफारिस गर्नुपर्नेमा दोस्रो  सिफारिस गरेको देखिन्छ । ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरिएको छ ।’ वाग्लेले भने– महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस भएको छ । खस आर्यको नाम सिफारिस हुनुपर्नेमा थारुको नाम सिफारिस भएको छ । खस आर्य महिलाको नाम सिफारिस गर्नुपर्नेमा सो बाहेक अन्यको नामावली सिफारिस गरिएको लगायतका त्रुटीगत विषय देखिएका छन् । ’ 

    दलहरुले सच्याएर पठाएपछि आयोगले निर्वाचित भएको घोषणा गर्नेछ । १४ वटा राजनीतिक दलरुले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिवार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेस गरेको उनले जानकारी दिए । 
     उल्लेख गर्नुभयो 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार