शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

अहिलेको चुनावमा विदेशी चलखेल र डिजाईन भयो, यस्तो पहिले भएको थिएन : प्रचण्ड

अहिलेको चुनावमा विदेशी चलखेल र डिजाईन भयो, यस्तो पहिले भएको थिएन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको चुनाव विदेशी शक्तिले गराएको आरोप लगाएका छन्। प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई आइतवार ललितपुरमा सम्बोधन गर्दै आफ्नै  पार्टी सहभागी सरकारले गराएको चुनावमा विदेशीको डिजाईरहेको टिप्पणी गरेका हुन । उनका अनुसार अहिलेसम्म भएका चुनाव मध्ये विदेशी डिजाईन र योजनामा भएको चुनाव यो जस्तो अरु कुनै थिएन् । प्रचण्डले आफ्नो सम्बोधनका क्रममा मुलुकको स्वाधीनता, सरकार निर्वाचन आयोगको हैसियतमा गम्भीर प्रश्न उठ्ने गरी टिप्पणी गरे ।  

साझा पोष्ट
आइतबार, मंसिर २५ २०७९
  • images
    अहिलेको चुनावमा विदेशी चलखेल र डिजाईन भयो, यस्तो पहिले भएको थिएन : प्रचण्ड
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको चुनाव विदेशी शक्तिले गराएको आरोप लगाएका छन्।


    images
    images

    प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई आइतवार ललितपुरमा सम्बोधन गर्दै आफ्नै  पार्टी सहभागी सरकारले गराएको चुनावमा विदेशीको डिजाईरहेको टिप्पणी गरेका हुन । उनका अनुसार अहिलेसम्म भएका चुनाव मध्ये विदेशी डिजाईन र योजनामा भएको चुनाव यो जस्तो अरु कुनै थिएन् । प्रचण्डले आफ्नो सम्बोधनका क्रममा मुलुकको स्वाधीनता, सरकार निर्वाचन आयोगको हैसियतमा गम्भीर प्रश्न उठ्ने गरी टिप्पणी गरे ।  


    ‘शान्ति प्रक्रियामा आएपछि ०६४ को निर्वाचन पनि हेरियो, ०७० को हेरियो, ०७४ को र अहिले ०७९ निर्वाचन । अहिलेको निर्वाचनमा जस्तो वैदशिक चलखेल एक–एक मान्छे कसलाई हराउने हो ? कसलाई जिताउने हो ? कसलाई हर हालतमा हराउने हो भनेर  डिजाईन भएको यो पहिलो चुनाव हो ।’ प्रचण्डले माओवादी पत्रकारलाई भने– यो भन्दा पहिलेका चुनावमा हाम्रा भेट कति आए ईत्यादी भन्ने कुरा त विविध पक्ष छन विविध कारण छन, म अहिले त्यता जान चाहन्न । तर मेरो ठम्याई के छ भने ती सबै नेपालीले नै गरेका चुनाव थिए, नेपालीले नै फैसला गरेका थिए, नेपाली नै सहभागी थिए, तर अहिलेको निर्वाचन त्यस्तो देखिएन, त्यस्तो रहेन । यो धेरै गम्भीर छ । ’


    त्यतिमात्रै होईन, चुनावमा कसरी विदेशी चलखेल भयो र माओवादीले हार्यो भनेर पनि उनले पार्टी निकट पत्रकारलाई बुझाउने र विश्वास दिलाउने कोशिस गरे । ‘मैले अहिले धेरै कुरा गर्यो भने तपाइँहरुले नै बाहिर लग्दी हाल्नुहुन्छ, त्यसो भएर भन्न पनि अफ्ठेरो छ । तर पनि यत्ति भन्छु यो अलि अर्कै छ ।’ प्रचण्डले अगाडि भने–संविधान हामीले नै बनाएको हो, घोषणा पनि हामीले नै गर्यो हो, संविधानपछि निर्वाचन पनि हामीले गर्यो । परिणाम पनि हामीले नै घोषणा गर्यो हो । तर अहिलेको त्यस्तो छैन । तपाइँहरु हेर्नुहोला, अध्ययन अनुसन्धान गर्नुहोला अहिले अलि गम्भीरै छ । ’

    विश्वमा अहिले अमेरिका र चीनको प्रतिस्पर्धामा धु्रबीकृत भैरहेको र नेपालमा अमेरिका र चीनको स्वार्थ टकराईरहेको बताए । यो टकरावलाई सही ढंगले बुझेर अघि बढुन नसके देशमा अझ अफ्ठेरो अवस्था आउने प्रचण्डको टिप्पणी छ । ‘हामीले गम्भीर समीक्षा गरेनौं र जो ईन्टरनेशनल फेनोमेना देखा परेको छ, त्यसलाई राम्रोसँग विश्लेषण गरेर एउटा समूचित निष्कर्ष निकाल्न सकेनौ भने पोलराईजेन भैरहेको विश्व परिस्थितिलाई जनताको पक्षमा परिचालन गर्ने  निष्कर्ष निकाल्न सकेनौं भने  अफ्ठेरो छ । अझ अफठेरो दिन आउन सक्छ । प्रचण्डले  भने

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार