बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

साझा पोष्ट
मंगलबार, मंसिर २७ २०७९
  • images
    आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने
    images

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। 


    images
    images


    दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएकोले आज नामावली सार्वजनिक हुने आयोगले जनाएको छ । 


    आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५९५ सिट पाएका छन् ।


    प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम पेश गर्नेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।  
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार