शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने

आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने

साझा पोष्ट
बुधबार, मंसिर २८ २०७९
  • images
    आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने
    images

    काठमाडौं । निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउँसो  साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । 


    images
    images

    निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् । 

    आयोगले मंगलबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर नेकपा एमालेलाई त्रुटी सच्याउन थप मौका दिएकाले आज मात्रै नतिजा सार्वजनिक गर्ने तयारी भएपनि एमालेले प्रदेश १ र मधेश प्रदेश सभाका लागि समानुपातिकबाट निर्वाचित सदस्यहरुको सूची बुझाउँदा त्रुटी पाइएपछि आयोगले सच्याउन लगाएको थियो । एमालेले सूची सच्याएपछि आयोगले आज अन्तिम परिणाम सार्वजनिक गर्न लागेको हो ।

    यसपटकको निर्वाचनबाट प्रतिनिधि सभामा ११ दलका सांसदहरु रहने छन् । तर राष्ट्रिय दलको मान्यता भने ७ वटा पार्टीले मात्र पाएका छन् ।
    आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ। राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ ।


    प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरुले आफू मध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने संबैधानिक व्यवस्था छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार