मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, प्रतिवेदन भोलि राष्ट्रपतिलाई बुझाउने

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, प्रतिवेदन भोलि राष्ट्रपतिलाई बुझाउने

साझा पोष्ट
बुधबार, मंसिर २८ २०७९
  • images
    निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, प्रतिवेदन भोलि राष्ट्रपतिलाई बुझाउने
    images

    काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० प्रत्यक्ष र समानुपातिक २२० सिटको परिणाम सार्वजनिक गरेको हो ।


    images
    images

    आयोगले मंसिर २१ गते दलहरुलाई तीन दिनको समय दिएर बन्दसूचीबाट समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली मागेको थियो। दलहरुले बन्दसूचीमा रहेका समानुपातिक सांसदहरुको नाम सच्चाएर पठाएपछि आयोगले आज निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो।

    आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले जानकारी दिए ।  आयोगले निर्वाचनको अन्तिम नतिजाको परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ। 

    निर्वाचनमा सात राजनीतिक दलले राष्ट्रिय मान्यता पाएका छन्। संसदमा १२ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी राष्ट्रिय पार्टी बनेका छन् । यीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल जनमत पार्टी नयाँ राजनीतिक दलका रुपमा उदाएका हुन् ।

    संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेर कांग्रेस संसदको ठूलो दल बनेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट जितेको छ । 

    यस्तै, नेकपा एमाले संसदमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दल बनेको छ । एमालेका प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ गरी कूल ७८ सांसद बनेका छन् । 

    माओवादीबाट प्रत्यक्षमा १८ र समानुपातिकमा १६ गरी ३२ सांसद संसदमा सहभागी हुनेछन् । तीमध्ये महेन्द्र राय यादव नेपाल समाजवादी पार्टीका हुन् । उनले माओवादी केन्द्रको चिन्ह हँसिया हथौडा लिएर निर्वाचन जितेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका ७ जना प्रत्यक्ष र १३ सांसद समानुपातिकतर्फ चुनिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ जना प्रत्यक्ष र ७ जना समानुपातिकतर्फ गरी १४ जनाले संसदमा प्रतिनिधित्व गर्नेछन् । 

    जनता समाजवादी पार्टीका ७ जना प्रत्यक्ष र ५ जना समानुपातिक तर्फ गरी १२ १२ जना र नेपाल जनमत पार्टीका एक प्रत्यक्षसहित ६ जनाले संसदमा सहभागी जनाउनेछन् । नेकपा  एकीकृत समाजवादीका १० जना सांसदले प्रतिनिधित्व गर्नेछन् । नागरिक उन्मुक्ति पार्टीका ३, स्वतन्त्र तर्फका ५ जना, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ जनाले संसदमा प्रतिनिधित्व गर्नेछन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार