बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

मंसिर ४ को निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत

मंसिर ४ को निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत

साझा पोष्ट
बुधबार, मंसिर २८ २०७९
  • images
    मंसिर ४ को निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत
    images

    काठमाडदं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ। 


    images
    images

    प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । 

    आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थपलियाले प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको जानकारी दिए। जसमा पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य उम्मेदवार एक जना छन्। प्रतिनिधिसभामा कूल २७५ जनामध्ये पुरुष ६६।९ प्रतिशत र महिला ३३।१० प्रतिशत निर्वाचित भएका छन् ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार