Sajha Post
विवेक ओबरोयले गरे परिवारसहित  पशुपतिको दर्शन

काठमाडौं । परिवारसहित नेपाल घुम्न आएका वलिउड अभिनेता विवेक ओबरोयले बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । 


बुधवार काठमाडौं आएको उनले आज बिहान सपरिवार पशुपति गएर उनीहरूले पूजाअर्चना गरे । विवेकले पशुपतिको दर्शन गर्ने धेरै पहिलादेखिको धोको बल्ल पूरा भएको भन्दै खुसी व्यक्त गरे । 

व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय  बुबाआमा, श्रीमती र छोराछोरीसहित विवेक बुधबार साँझ काठमाडौं उत्रिएका थिए ।
आजै चन्द्रागिरी जानेछन् । विवेक ओबरोयका बुबा सुरेश ओबरोय पनि चर्चित अभिनेता हुन् । नेपाल बस्दासम्म उनले सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनीलगायतका ठाउँको भ्रमण पनि गर्दैछन् ।

bibek 11671088085.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update