
काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय र सु्रेश ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
बिहीबार खुमलटार पुगेर अभिनेता विवेक र उनका पिता सुरेशले अध्यक्ष प्रचण्डलाई भेटेका हुन । प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए ।
प्रचण्डको सचिवालयका अनुसार भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो । पाका बलिउड अभिनेता सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएका थिए ।
सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने नेताको रुपमा चिनेको भन्दै उनको प्रशंसा गरेका थिए । भेटमा सुरेश र विवेकले नेपालको खाना, संस्कृति र प्राकृतिक सौन्दर्यको बयान प्रचण्डसामु गरेका थिए । प्रचण्डले ओबराय परिवारको नेपाल बसाइको कामना गरेका थिए ।