शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

बदर मत २०४८ साल यताकै धेरै, प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा सबैभन्दा बढी

बदर मत २०४८ साल यताकै धेरै, प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा सबैभन्दा बढी

काठमाडौं। २०४८ यताका निर्वाचनमा २०७९ मङ्सिरको निर्वाचनको बदर मत प्रतिशत सबैभन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबैभन्दा कम २ दशमलव ७५ प्रतिशत थियो। जिल्लागत आधारमा हेर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा बाँकेमा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ। प्रतिनिधि सभाको समानुपातिकमा ७.४७ प्रतिशत मत बदर भएको बाँकेमा प्रदेशतर्फको समानुपातिकमा ९.४५ प्रतिशत मत बदर भएको हो।

साझा पोष्ट
शुक्रबार, पुस १ २०७९
  • images
    बदर मत २०४८ साल यताकै धेरै, प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा सबैभन्दा बढी
    images

    काठमाडौं। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढेपछि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रैको निर्वाचन चिह्न हुनेगरी मतपत्र तयार पारे पनि अपेक्षा गरेअनुसार बदर मत प्रतिशत घटेन।


    images
    images

    २०४८ यताका निर्वाचनमा २०७९ मङ्सिरको निर्वाचनको बदर मत प्रतिशत सबैभन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबैभन्दा कम २ दशमलव ७५ प्रतिशत थियो। जिल्लागत आधारमा हेर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा बाँकेमा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ। प्रतिनिधि सभाको समानुपातिकमा ७.४७ प्रतिशत मत बदर भएको बाँकेमा प्रदेशतर्फको समानुपातिकमा ९.४५ प्रतिशत मत बदर भएको हो।


     “बदर मतको प्रतिशत सोचेभन्दा पृथक् नै आयो, कारण खोतल्न सकेका छैनौँ।” प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५.१९ प्रतिशत मत बदर भएका छन्। २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समग्रमा ५.१८ प्रतिशत मत बदर भएको थियो। प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६.५५ प्रतिशत छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएका छन्।

    प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ मत बदर भएको छ।  आयोगले बदर मत घटाउन प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फ गरेर अलग्गै मतपत्र छापेको थियो। 

    महोत्तरीमा मतगणनामा संलग्न नवीनकुमार मिश्रका अनुसार प्रायजसो बदर मतपत्रमा एकभन्दा बढी स्वस्तिक चिह्न लागेको पाइयो। स्थानीय निर्वाचनमा एउटै पानामा सातवटा स्वस्तिक चिह्न लगाएका मतदाताले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समेत एउटै पानामा तीनदेखि चारवटा स्वस्तिक चिह्न लगाएको हुन सक्ने उनको बुझाइ छ।

    निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन ग¥यो तर मतपत्रमा लगाइएको स्वस्तिक चिह्नअनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको देखियो। प्रमुख आयुक्त थपलियाले भने, “मतगणना अधिकृतसँग निर्वाचन समीक्षा कार्यक्रममा छलफल गरेर आगामी दिनमा सुधार गर्न प्रयासरत रहनेछौँ।”

    मनाङ, मुस्ताङमा थोरै बदर, डडेलधुरामा धेरै 

    स्थानीय तह निर्वाचनमा दुर्गम ग्रामीण क्षेत्रको भन्दा महानगर र शिक्षित मतदाताको बसोबास हुने सहरमा बदर मतको प्रतिशत बढी रह्यो तर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भने सहरोन्मुख क्षेत्रमा बदर मतको प्रतिशत बढेको देखिन्छ।

    डडेल्धुरामा प्रतिनिधि सभाको समानुपातिकतर्फ सबैभन्दा बढी ९ प्रतिशत मत बदर भएको छ। चितवनमा प्रदेश सभाको समानुपातिकतर्फ ८.७३ र प्रत्यक्षतर्फ ५.९१ प्रतिशत मत बदर भएको हो।

    मधेश, बागमती र गण्डकीलगायतका प्रदेशमा अपेक्षाकृत बदर मतको प्रतिशत कम देखिन्छ। प्रदेश १ को पहाडी र सुदूरपश्चिम एवं लुम्बिनी प्रदेशको सुगम र अपेक्षाकृत साक्षरता प्रतिशत बढी रहेको जिल्लामा भने बदर मतको प्रतिशत बढी देखिएको छ।

    पछिल्ला दुई निर्वाचनमा सदर मतको प्रतिशतमा सुधार नदेखिनुमा आयोगले निर्वाचनपिच्छे निर्वाचन शिक्षा कार्यक्रमको स्वरूप परिवर्तनलाई समेत कारक मानिएको छ।

    विगतमा घरदैलो कार्यक्रम गरेर मतदातालाई शिक्षित बनाउँदै आएको आयोगले स्थानीय निर्वाचन २०७९ मा भने  कार्यक्रम स्थगित गर्‍यो। मतदान केन्द्रमै प्रत्येक मतदातालाई मतदान विधिबारे बुझाउने नीति बनायो तर कार्यान्वयन हुन सकेन। मतपत्रको जटिल प्रकृतिले एउटा पदमा ४० प्रतिशतभन्दा बढी मत बदर हुने स्थिति आयो। 

     निर्वाचनमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि पालिकालाई नै जिम्मेवार बनाउने नीति लिए पनि उक्त नीतिसमेत प्रभावकारी देखिएन।

    आयोगले स्थानीय निर्वाचन र प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन शिक्षा कार्यक्रमतर्फको बजेटसमेत घटाउँदै लग्यो। प्रमुख आयुक्त थपलिया बदर मत घटाउने उपायबारे भन्छन्, “मतगणना अधिकृतहरूसँग छलफल गर्नेछौँ, मत बदर भएका अवस्था के कस्ता छन्, केलाएर आगामी दिनमा सुधारको प्रयास गर्नेछौँ।” -गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार