शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सालझण्डीमा शुरु (तस्बिरहरु) 

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सालझण्डीमा शुरु (तस्बिरहरु) 

काठमाडौं । नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' रुपन्देहीको सालझण्डीमा  शुरु भएको छ। 'सूर्य किरण' सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद ढकालले शुक्रबार एक विशेष कार्यक्रमबीच शुभारम्भ गरे। 

साझा पोष्ट
शुक्रबार, पुस १ २०७९
  • images
    नेपाल-भारत संयुक्त सैन्य अभ्यास सालझण्डीमा शुरु (तस्बिरहरु) 
    images

    काठमाडौं । नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' रुपन्देहीको सालझण्डीमा  शुरु भएको छ।


    images
    images

    'सूर्य किरण' सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद ढकालले शुक्रबार एक विशेष कार्यक्रमबीच शुभारम्भ गरे। 

    army 21671178185.jpg
    विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयमा सैन्य अभ्यास केन्द्रीत छ ।  

    यो अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बहुगुणाको नेतृत्वमा ३३४ जना सहभागी  छन्।

    army 31671178214.jpg

    संयुक्त सैन्य अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाइँदैछ। 

    अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ। 

    army 41671178240.jpg

    अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने र दुवै देशका सेनाबीच आपसी समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाको विश्वास छ।

    army 51671178267.jpg

    संयुक्त अभ्यास आगामी पुस १४ गतेसम्म चल्नेछ । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौं संस्करण भारतको पिथौरागढमा  भएको थियो। 

    army 11671178144.jpg

    २०६७ सालदेखि नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरी हुँदै आएको संयुक्त अभ्यास १५ पटक सञ्चालन भइसकेको छ। 

    army 71671178320.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार