बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा थारु समुदायको धर्ना(तस्बिरसहित)

अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा थारु समुदायको धर्ना(तस्बिरसहित)

साझा पोष्ट
शुक्रबार, पुस १ २०७९
  • images
    अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा थारु समुदायको धर्ना(तस्बिरसहित)
    images

    काठमाडौं ।  टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका छन् ।


    images
    images

    अध्यादेश  छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् । सरकारले गत आईतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएर राष्ट्रपति समक्ष पठाएको छ । अध्यादेशको चर्को विरोध भईरहेका बेला थारु समुदायले भने त्यसलाई प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाब दिएको हो । 

    उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । धर्नामा सहभागीहरुले अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

    धर्नामा उपस्थितहरुले ‘न्याय देउ, न्याय देउ, रेशम चौधरीलाई बाहिर लेउ’, ‘मानवताको अधिकार, हाम्रो पनि बराबर’, ‘रेशमवाद जिन्दावाद’, ‘हाम्रो देश, हाम्रो अध्यादेश’, ‘जनताको लागि लडेको, जेलमै सड्नुपरेको’, ‘चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यौ भनन’लगायतका प्लेकार्ड बोकेका थिए । 

    थारु कल्याणकारिणी सभा र थारुहट/थारुवान संयुक्त संघर्ष समितिले  गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति  थियो ।

    adhyadesh 21671188105.jpg

    adhyadesh 41671188132.jpg

    adhyadesh 61671188161.jpg

    adhya desh 31671188193.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार