शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

एमाले उपाध्यक्ष सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा दायर

एमाले उपाध्यक्ष सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा दायर

साझा पोष्ट
शुक्रबार, पुस १ २०७९
  • images
    एमाले उपाध्यक्ष सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा दायर
    images

    काठमाडौं । ईलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।


    images
    images

    गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै उनीविरुद्द मुद्दा दायर भएको हो । पुन: मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् ।

    संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले निर्वाचित  भएका हुन् ।

    निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार