शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

जनप्रतिनिधि फेरिए, काठमाडौं फेरिएन(फोटोफिचर)

जनप्रतिनिधि फेरिए, काठमाडौं फेरिएन(फोटोफिचर)

साझा पोष्ट
शनिबार, पुस २ २०७९
  • images
    जनप्रतिनिधि फेरिए, काठमाडौं फेरिएन(फोटोफिचर)
    images

    काठमाडौं । चुनावको परिणाम आईसकेको छ ।  नयाँ सरकार बनाउन दल र नेताहरुबीच रस्साकस्सी छ। आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधि जिल्लाबाट  भेटघाट सकेर बिस्तारै राजधानी आईरहेका छन । 
    सम्भवतः अबको महिना दिनभित्र देशले नयाँ सरकार पाउनेछ। आम जनता देश विकासमा राजनीतिक दलहरूले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ। किनभने ठूला मानिएका राजनीतिक दलहरूका अगाडि नयाँ शक्तिहरूको उदय भएको छ। जनताले विकास चाहेका छन् त्यो पनि तीव्र गतिमा। तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल साबित  हुन सकिरहेको छैन।


    images
    images

    अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारण आशावादी छन्। तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था निर्वाचनअघिको भन्दा फरक देखिँदैन। जताततै अस्तव्यस्त देखिन्छ। भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन गरिएको छैन। विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापनबिनाको विकास निर्माण दिगो हुन सक्दैन। त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ।
     न  राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन्। न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाइको भएको छ। एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई  जनप्रतिनिधिहरूले खासै चासो दिएको देखिँदैन। आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ। के फेरिएका जनप्रतिनिधिले काठमाडौं फेर्लान ?

    शब्द\तस्बिर  न्युज एजेन्सी नेपाल

     

    gongabu 11671262647.jpg

    gongabu1671262663.jpg

    kumaripati trafic single1671262694.jpg

    new road parking DSC_61841671262748.jpg

    patan darwar1671262763.jpg

    tinkune 11671262833.jpg

    tudikhel DSC_61691671262865.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार