
जनकपुर । संमामा जस्तै प्रदेशमा पनि प्रदेश सभाको ज्येष्ठ सदस्य पहिचान गर्न समस्या भएको छ । मधेस प्रदेशमा पनि कसलाई ज्येष्ठ सदस्य मान्ने विषयमा अन्योल भएपछि प्रदेश सभा सचिवालयले निर्वाचन आयोगलाई पत्र लेख्ने भएको छ ।
सभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले सांसदहरुलाई सपथ खुवाउने चलन छ । ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखलाई र ज्येष्ठ सदस्यले अन्य सांसदलाई सपथ खुवाउने गरिन्छ ।
मधेस प्रदेशको प्रदेश सभा सचिवालयले प्राप्त गरेको मतपरिणामका आधारमा ज्येष्ठ सदस्य चयन गर्न गाह्रो भएको सचिवालय सचिव रञ्जितकुमार यादवले बताए ।
संघमा पनि जेष्ठ सदस्य पहिचानमा समस्या भएपछि आयोगलाई आग्रह गरिएको छ । यादवले भने, ‘हामीलाई पठाएको मतपरिणममा कुनै पनि प्रदेश सभा सदस्यको उमेर छुट्याइएको छैन, त्यस कारणले ज्येष्ठ सदस्य छुट्याउन गाह्रो भएको छ ।’अरु अरु स्रोतबाट उमेर हद हेरेर ज्येष्ठ सदस्य मिलाउन सकिन्छ । तर त्यो आधिकारिक हुँदैन ।
प्रत्यक्ष र समानुपातिक सदस्य गरी मधेस प्रदेशको प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् । १०७ जना सदस्यहरु विभिन्न १० वटा दलबाट चुनिएर आएका छन् ।
सम्बन्धित समाचार
जेष्ठ सांसद पहिचान गर्न कठिन, कस्ले खुवाउला शपथ ?