राणाले राष्ट्रपतिबाट लिए जेष्ठ सदस्यको रुपमा शपथ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपति शमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथ गराएकी हुन् । राप्रपाका पूर्वअध्यक्ष ८१ वर्षीय राणा सबैभन्दा बढी उमेरको सांसद हुन् ।
गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीबार पशुपति शमशेर राणाले शपथग्रहण गराउने छन् । त्यसपछि संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १५:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय