Sajha Post
सांसदहरुको शपथ आज: नेपाली, संस्कृत, हिन्दी र मातृभाषामा शपथ लिने 

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा शपथ खुवाएकी थिइन् ।


शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम  गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

अधिकांश सांसदहरुले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् । नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् ।  हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update