Sajha Post
सांसदहरूको शपथ अघि सर्वदलीय बैठक बस्दै
machhapuchhre bank

काठमाडौं । नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बैठक बस्नेछ । 


बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको छ ।  जबराले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए । 

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एकएक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसद सहभागी हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update