
काठमाडौं । राजनीति संभावनाको खेल हो । संभावनाका सबै ढोका खुलै हुन्छन । मिल्नै सक्दैनन भनेका शक्ति मिलेको र फूट्दैनन भनेकाहरु अलग अलग भएर पानी बाराबारको अवस्था सिर्जना भएको हामीले देखेकै छौैं । हिजो पार्टी फूट्दा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्काको यसरी खोईरो खने कि पानी बाराबरकै अवस्था सिर्जना भयो ।
एक अर्का विरुद्ध उनीहरुले बोलेका र लेखेका कुरा ताजै छन । चुनाव पनि दुई ध्रुबमा भएर लडे । तर मंसिर ४ गते चुनाव भएपछि नयाँ सरकार बनाउने विषयलाई लिएर यी दुई नेताबीच फेरि संवादको श्रृंखला शुरु भएको छ ।
आन्तरिक रुपमा दुई पार्टीका दोस्रो तहका नेता फेरि सहकार्यका लागि कोशिस गरिरहेका छन । बुधवार ओली र प्रचण्डबीच राष्ट्रपति भवन शीतलनिवासमा कुराकानी भयो भने विहीवार सांसदको शपथ लिँदै गर्दा नयाँ बानेश्वरमा जहाँ उनीहरु एकअर्कासँग निकै खुलेका देखिन्थे ।