मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

विश्वव्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएकाले सावधानी अपनाउन सरकारको आग्रह 

विश्वव्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएकाले सावधानी अपनाउन सरकारको आग्रह 

साझा पोष्ट
बिहीबार , पुस ७ २०७९
  • images
    विश्वव्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएकाले सावधानी अपनाउन सरकारको आग्रह 
    images

    काठमाडौं । सरकारले कोरोना संक्रमण विश्वव्यापी रुपमा बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।नेपालमा कोरोना संक्रमण दर न्यून भएपनि विश्वव्यापी रुपमा बढ्दै गएकोले सचेत हुन आग्रह गरेको छ ।


    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै छिमेकी देशहरूमा नयाँ भेरियन्ट पुष्टि भएको अवस्थामा निगरानी बढाउने र सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको हो ।


    मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको  प्रेस विज्ञप्तिमा सम्पूर्ण प्रवेश विन्दुका हेल्थ डेक्स तथा स्वास्थ्य संस्थाहरूले आवश्यक स्क्रीनिंङ, निगरानी सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ । 


    राष्ट्रिय प्रयोगशालामा ४८ वटा नमुना परीक्षण गरिएपनि पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको बि.एफ. ७ हालसम्म पुष्टि नभएको मन्त्रालयले जनाएको छ । 
    चीनमा ओमिक्रोनको सबभेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण जोखिम बढ्ने आंकलन गरिएको छ ।

    कडा ‘शून्य–कोभिड’ नीति हटाउने चीन सरकारको निर्णयसँगै अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको छ । अक्टोबरमा संयुक्त राज्य अमेरिका र धेरै युरोपेली देशहरुमा भेटिएको सब भेरियन्ट बीएफ.७ भारतमा पनि देखा परिसकेको छ । जसले गर्दा नेपालमा पनि फैलनसक्ने सम्भावना बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

    सब भेरियन्ट बीएफ.७ ९बीए.१ र बीए.२, बीएम.१ लगायतका अन्य सबभेरियन्ट० भन्दा धेरै गुणा बढी संक्रामक मानिएको छ ।

    heatlh corona1671725288.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार