शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

प्रधानमन्त्री प्रचण्डको शपथ आज, आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने

प्रधानमन्त्री प्रचण्डको शपथ आज, आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने

काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् ।

साझा पोष्ट
सोमबार, पुस ११ २०७९
  • images
    प्रधानमन्त्री प्रचण्डको शपथ आज, आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने
    images

    काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।


    images
    images

    उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् ।

    प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेका छन् । सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

    नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् ।

    प्रचण्डले हिजो प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले हिजो नै उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार