शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

९१ देशमा फैलियो कोभिडको नयाँ रुप बिएफ– ७, सतर्कता अपनाउन अपिल

९१ देशमा फैलियो कोभिडको नयाँ रुप बिएफ– ७, सतर्कता अपनाउन अपिल

काठमाडौं । ओमिक्रोन बिए– ५ को सबभेरियन्ट (नयाँ स्वरूप) बिएफ– ७ छिमेकी चीन, भारतलगायत ९१ देशमा फैलिएको छ । विगतका भेरियन्टभन्दा फैलिने दर उच्च र द्रुत रहेको बिएफ– ७ को जिन विश्वका ९१ देशमा फैलिएको अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटले जनाएको छ । 

साझा पोष्ट
मंगलबार, पुस १२ २०७९
  • images
    ९१ देशमा फैलियो कोभिडको नयाँ रुप बिएफ– ७, सतर्कता अपनाउन अपिल
    images

    काठमाडौं । ओमिक्रोन बिए– ५ को सबभेरियन्ट (नयाँ स्वरूप) बिएफ– ७ छिमेकी चीन, भारतलगायत ९१ देशमा फैलिएको छ । विगतका भेरियन्टभन्दा फैलिने दर उच्च र द्रुत रहेको बिएफ– ७ को जिन विश्वका ९१ देशमा फैलिएको अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटले जनाएको छ । 


    images
    images

    चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को तथ्यांकअनुसार आइतबार मात्रै १० लाखमा संक्रमण पुष्टि भएको छ । केही समययता देखिएको भारतमा आइतबार एक सय ९६ नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतले अन्य देशबाट भित्रिने यात्रुमा कोभिड परीक्षणमा कडाइ थालेको छ । 

    खुला सीमा रहेको भारतमा संक्रमण फैलिन थालेसँगै नेपाल पनि जोखिममा रहेको भन्दै सजगता अपनाउन सरकारले अपिल गरेको छ । हाल नेपालमा भने दैनिक संक्रमण लगभग शून्यमा छ । बिएफ– ७ ले चीन र भारतबाहेक अमेरिका, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियमलगायत देशमा बढी असर गरिरहेको छ । 

    हार्वर्ड युनिभर्सिटीका भाइरोलोजिस्ट डा एरिक डिंगले डेल्टाको तुलनामा बिएफ– ७ को प्रजनन दर झन्डै तीन गुणा बढी रहेको बताएका छन् । ट्विट गर्दै उनले यो एक संक्रमितबाट एकैपटकमा १० देखि १८.६ व्यक्तिमा संक्रमण फैलाउन सक्ने क्षमताको रहेको बताए । 

    नेपालमा सक्रिय संक्रमित १० जना मात्रै 
    नेपालमा सोमबार नौँ सय ३ जनामा परीक्षण गर्दा एकमा मात्रै कोभिड संक्रमण पुष्टि भयो । यो दर ०.११ प्रतिशत मात्रै हो । संक्रमण दर लगभग शून्यमा पुगेको नेपालमा सक्रिय संक्रमित पनि १० जना मात्रै छन् । केही महिनायता मृत्युदर शून्यमा छ । 

    हालसम्म बिएफ– ७ पुष्टि नभए पनि स्वास्थ्य मापदण्ड पालना गरेर सजगता अपनाउन सरकारले अपिल गरेको छ । स्वास्थ्य र गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर भिडभाड नगर्न, मास्क र स्यानिटाइजर अनिवार्य गर्न भनेका छन् । नेपालमा लक्षित जनसंख्याको ९५.७ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबैलाई बुस्टर डोज लगाउन पनि अपिल गरेको छ । 

    चीनमा अस्पतालहरू भरिभराउ
    चीनले जिरो कोभिड नीति हटाएर लकडाउन खुला गरेसँगै कोभिड संक्रमण दर ह्वात्तै बढेको छ । बिएफ– ७ बाट सबैभन्दा बढी प्रभावित चीन नै भएको छ । दिनमै १० लाखभन्दा धेरै मानिस संक्रमित भएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांक छ । संक्रमितको मृत्युसमेत भएको र शवदाहगृहमा लाइन लागेको खबर प्रान्तीय अस्पताललाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । तर, चीन सरकारले पाँच दिनयता कसैको मृत्यु नभएको जनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार