बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज निर्वाचन, लामा र बानियाँ प्रतिष्पर्धामा

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज निर्वाचन, लामा र बानियाँ प्रतिष्पर्धामा

साझा पोष्ट
बुधबार, पुस १३ २०७९
  • images
    कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज निर्वाचन, लामा र बानियाँ प्रतिष्पर्धामा
    images

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्नका लागि आज निर्वाचन हुँदैछ । संसदीय दलको नेताको लागि संसदीय दलको कार्यालय हेटौंडामा बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने कार्यतालिका छ ।


    images
    images

    कांग्रेस संसदीय दलको नेता चयन गर्न बिहान ८ बजेदेखि उम्मेदवारी दर्ता खुल्ला हुनेछ भने दिउँसो २ बजेदेखि मतदान हुनेछ । मतदानका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । जस अनुसार दिउँसो ३ बजे मतदान सम्पन्न हुनेछ ।

    केन्द्रीय सत्ता गठबन्धन अनुसार प्रदेश सरकार निर्माण भएको खण्डमा कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने निश्चित छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसले आन्तरिक निर्वाचन नै गरेर दलको नेता छनोट गर्न लागेको हो । 

    ३७ सांसद रहेको कांग्रेसको दलको नेताका लागि मकवानपुर क्षेत्र नम्बर–२ को (ख)बाट निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ र नुवाकोट क्षेत्र नम्बर–२ को (ख)बाट निर्वाचित सांसद बहादुर सिंह लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    दुबै नेता कांग्रेस संस्थापन समूहका हुन् । बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् भने लामा कांग्रेस केन्द्रीय सदस्य हुन् । दुबै जना प्रदेशको नेतृत्व गर्न आफ्नो आवश्यकता रहेको बताउँदै आएका छन् । 

    संसदीय दलको नेता बन्ने कसरतमा रहेका लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए । निर्वाचनको टिकट वितरणको समयमा लामा प्रतिनिधिसभा सदस्य पदको लागि दावी गरिरहेका थिए । नुवाकोट २ बाट प्रतिनिधिसभा सदस्य पदमा दावी गर्दै आएका उनलाई कांगेसको आन्तरिक विवाद समाधान गर्न मुख्यमन्त्रीको अफरसहित प्रदेशसभा सदस्य पदमा चुनावमा प्रतिस्पर्धा गराइएको थियो ।

    यता प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दावेदार थिए । मुख्यमन्त्री बन्ने पटक पटकको उनको प्रयास असफल भएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार