शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन्।

साझा पोष्ट
बिहीबार , पुस २१ २०७९
  • images
    पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन्।


    images
    images

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज उद्योग सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन्। मूल्य प्रतिलटर वा प्रतिसिलिण्डर के कति मात्रामा घट्ने हो त्यसबारे केही खुलाइएको छैन।

    पछिल्लो समय अन्तराष्ट्रिय बजारमा प्रेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा र नियम नाफामा जाँदा पनि मूल्य समायोजन नगरेको भनेर नेपाल आयल निगमको आलोचना भइरहेका बेला प्रचण्डले मूल्य घटाउन निर्देशन दिएका हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार