Sajha Post
राष्ट्रिय सभाको उपचुनावका लागि दल दर्ताको आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २५ गते हुने राष्ट्रिय सभा  सदस्यको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ ।

लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिपछि राष्ट्रिय सभाको एक स्थान रिक्त भएको थियो ।

आयोगले आज सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको हो । निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि भोलिदेखि २८ गतेसम्म आयोगमा निवेदन दिन सक्नेछन् । 

दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला हुने निर्वाचन अयोगले जनाएको छ ।

aayog1673143697.jpg

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update