बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

अर्थतन्त्रमा केही संरचनात्मक सुधारको आवश्यकता : प्रधानमन्त्री

अर्थतन्त्रमा केही संरचनात्मक सुधारको आवश्यकता : प्रधानमन्त्री

उनले अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकतामा राखिएको बताउँदै सँगै निजी क्षेत्रलाई पनि साथमा लैजाने बताए । सकारले निजी क्षेत्रका समस्यालाई पनि सम्बोधन गरी अर्थतन्त्रका समस्या समाधानका लागि समन्वय गरी काम गर्ने बताए । 

साझा पोष्ट
सोमबार, पुस २५ २०७९
  • images
    अर्थतन्त्रमा केही संरचनात्मक सुधारको आवश्यकता : प्रधानमन्त्री
    images

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधारको आवश्यकता रहेको बताएका छन । 


    images
    images

    ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारलेअर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए । 

    उनले यसका लागि सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको  जानकारी दिए ।

    prachanda 11673242788.jpg

    यसका लागि अर्थमन्त्री, गभर्नरसँग पनि छलफल गरिरहेको उनले बताए । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै प्रचण्डले त्यसका लागि पनि छलफल भइरहेको बताए ।

    ‘अर्थतन्त्रको सबलीकरण प्रमुख रुपमा अघि सारिएको छ । सबैको साथ लिएर चुनौती समाधान गर्ने हो,’ उनले भने, ‘‘सबैको सहयोग भयो भने सबै समस्या समाधान गर्न सकिन्छ ।’

    उनले अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकतामा राखिएको बताउँदै सँगै निजी क्षेत्रलाई पनि साथमा लैजाने बताए । सकारले निजी क्षेत्रका समस्यालाई पनि सम्बोधन गरी अर्थतन्त्रका समस्या समाधानका लागि समन्वय गरी काम गर्ने बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार