
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै तीन सदस्सीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा तिलकुमार मेयाङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू छन् । उनीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई अहिले विभागीय जिम्मेवारी भने दिइएको छैन ।
प्रदेश सभाका ६० सांसदहरूको समर्थनमा कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्तागठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् ।