कर्णालीमा माओवादी र एमालेबीच आधा-आधा कार्यकाल बाँड्ने सहमति

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । केन्द्रमा माओवादीले पुरै पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति भए पनि एमाले प्रदेशले नमान्ने अडान लिएपछि आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
सुरुमा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् । अन्ततः यो सहमतिसँगै झण्डै सात वर्षपछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुने देखिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९ १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय