Sajha Post
माओवादीका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले र मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कर्णाली प्रदेश सभाको ४० जना सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । कर्णालीमा बहुमतका लागि २१ सिट आवश्यक पर्छ ।

शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक जना सदस्यले समर्थन गरेका छन् । 

यसैबीच कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । केन्द्रमा माओवादीले पुरै पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति भए पनि एमाले प्रदेशले नमान्ने अडान लिएपछि आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो । 

सुरुमा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् । 
 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update