बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने 

माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने 

काठमाडौं । आउँदो माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

साझा पोष्ट
बिहीबार , पुस २८ २०७९
  • images
    माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने 
    images

     काठमाडौं । आउँदो माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।


    images
    images

    पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकरहरू पुगेसँगै यस्तो निर्णय आएको हो । एसोसिएसनका अनुसार नियामक नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको हो । 

    राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । सोहीअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो । निक्षेपको ब्याज घटेसँगै बैंकहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ ।

    एसोसिएसनले निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने भद्र सहमति गरेसँगै बैंकिङको पाँच हजार ३११ अर्बको कुल निक्षेपमा एक हजार ३७१ अर्ब (२५.८१ प्रतिशत) बचत निक्षेपको ब्याजदर १.१ प्रतिशतले तत्कालै घट्छ, यसले १२५ करोड रुपैयाँ मासिक ब्याज खर्च घट्छ भने कुल निक्षेपमा ३३२ अर्ब (६.२६ प्रतिशत) मा ०.५५ प्रतिशतले  ब्याजदर गर्दा  तत्कालै १५ करोड मासिक ब्याज खर्च घट्छ । यसरी १४० करोड ब्याज खर्च मासिक रूपमा तत्काल घट्ने भएको छ ।

    मुद्दती निक्षेपको ब्याजदर बिस्तारै घट्दै जाँदा यसले गर्दा बैंकिङको आधार दर घट्न गई औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्ने भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार