शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

केरुङ–काठमाडौं अन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन सुरु, तीन वर्षमा अध्ययन पुरा हुने

केरुङ–काठमाडौं अन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन सुरु, तीन वर्षमा अध्ययन पुरा हुने

काठमाडौं। नेपाल र चीनबीच प्रस्तावित केरुङ–काठमाडौंंअन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन (डिटेल फिजिविलिटी स्टडी) सुरु भएको छ । विस्तृत अध्ययन गर्न नेपाल आएका चीनको रेलवे विज्ञ टोलीले नुवाकोट र रसुवा पुगेर अध्ययन सुरु गरेको रेल विभागले जनाएको छ ।

साझा पोष्ट
बिहीबार , पुस २८ २०७९
  • images
    केरुङ–काठमाडौं अन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन सुरु, तीन वर्षमा अध्ययन पुरा हुने
    images

    काठमाडौं। नेपाल र चीनबीच प्रस्तावित केरुङ–काठमाडौंंअन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन (डिटेल फिजिविलिटी स्टडी) सुरु भएको छ । विस्तृत अध्ययन गर्न नेपाल आएका चीनको रेलवे विज्ञ टोलीले नुवाकोट र रसुवा पुगेर अध्ययन सुरु गरेको रेल विभागले जनाएको छ ।


    images
    images

     अध्ययन गर्न चीन सरकारको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू पुस १२ गते नेपाल आएका थिए । चिनियाँ प्राविधिक टोलीले रसुवा र नुवाकोटको विभिन्न स्थानमा पुगेर विस्तृत अध्ययन सुरु गरेको रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले  जानकारी दिए । उनका अनुसार चिनियाँ टोलीले तीन वर्षमा अध्ययन गरेर  प्रतिवेदन नेपाललाई बुझाउनेछ । टोलीले भूबनोट, टनेलिङ तथा भूकम्पीय जोखिमलगायतका विषयमा अध्ययन गर्नेछ ।

    कठिन भौगोलिक बनोटका कारण प्रस्तावित  रेल मार्ग निर्माण चुनौतीपूर्ण रहेको बताउँदै बिसुरालले  विस्तृत अध्ययनले त्यस्ता चुनौती र कठिनाइबारे प्रस्ट हुने र कुनै समस्या नआउने गरी अध्ययन हुने जानकारी दिए ।


    अध्ययनको पहिलो चरणमा हवाई सर्वेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इन्भेस्टिगेसन) र तेस्रोमा रेल पङ्क्ति योजना (रेलवे अलाइनमेन्ट) तथा लागत अनुमानसम्बन्धी अध्ययन गरिनेछ । प्राविधिक रूपले यो आयोजना कठिन र चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

    दुई मुलुकबीच भएको समझादारीअनुसार चीनले आफ्नो आर्थिक र प्राविधिक लगानीमा विस्तृत सम्भाव्यता अध्ययन गर्ने छ । यो रेल मार्गको ‘डीपीआर’ तयार गर्न करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ । विकट भूगोलमा निर्माण गरिने भएकाले सो रेल मार्गका लागि विभिन्न कोणबाट अध्ययन गर्नुपर्ने हुन्छ । सम्भाव्यता अध्ययन प्रतिवेदनले  रेलवे परियोजनाको कुल लागत, निर्माणको ‘मोडेल’लगायतका विषयबारे टुङ्गो लाग्नेछ । -गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार