बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

बागमती प्रदेश सभाको सभामुखका लागि तीन जनाको उम्मेदवारी दर्ता

बागमती प्रदेश सभाको सभामुखका लागि तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौं । बागमती प्रदेशसभाको सभामुख पदका लागि तीन जनाको उम्मेदवारी पेरको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् ।

साझा पोष्ट
बिहीबार , पुस २८ २०७९
  • images
    बागमती प्रदेश सभाको सभामुखका लागि तीन जनाको उम्मेदवारी दर्ता
    images

    काठमाडौं । बागमती प्रदेशसभाको सभामुख पदका लागि तीन जनाको उम्मेदवारी पेरको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् ।


    images
    images

    नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् । 

    यसैगरी नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सिर्जना सैँजूले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएकफ छिन् । उनको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाइ छन्। 

    सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय आज दिउँसो २ बजेसम्मका लागि तोकिएको थियो । बागमती प्रदेशसभाको भोलि शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभामा एक सय १० जना सांसद छन् । 

    प्रदेशसभाको उपसभामुख पदका लागि भने तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकाले भोलि बस्ने प्रदेशसभा बैठकले सोसम्बन्धी निर्वाचन कार्यक्रम सार्वजिनक गर्ने सचिव  खड्काले जानकारी दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार