शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

साझा पोष्ट
शुक्रबार, पुस २९ २०७९
  • images
    पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ ।


    images
    images

    केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार राष्ट्र बैंकबाट रिपोमार्फत् दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार