प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा ५९ प्रदेश सांसदले मुख्यमन्त्री कार्कीको पक्षमा विश्वासको मत दिएका हुन् ।
कांग्रेस र नेकपाएकीकृत समाजवादीका ३२ प्रदेश सांसदले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिए । कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार भने अनुपस्थित रहेका थिए ।
झापा ५ (१) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित मुख्यमन्त्री कार्की एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा आइतबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएर सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय