बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

सभामुख चयनका लागि आज बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सभामुख चयनका लागि आज बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

साझा पोष्ट
सोमबार, माघ २ २०७९
  • images
    सभामुख चयनका लागि आज बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
    images

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुखको चयनका लागि आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोक बिदा तथा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेकाले प्रदेश सभा बैठक स्थगित गरिएको प्रदेश संसद सचिवालयले जनाएको छ ।


    images
    images

    अर्को बैठक भोलिका लागि बोलाइएको छ । भोलि बस्ने प्रदेश सभा बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने छ । सुदूरपश्चिम प्रदेशसभाले दुई पटकसम्म मतदान गर्दा पनि सभामुख चयन गर्न सकेको छैन । दुई पटक भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि आज पुनः निर्वाचन हुने भनिएको थियो । 

    सुदूरपश्चिममा माओवादी केन्द्रबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत अपुग भएको थियो ।

    ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सुरुको दिन एक मत बदर हुँदा भण्डारीले २६ मत मात्रै पाए ।

    ३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुग्न सकेन। सरकार आफ्ना माग सम्बोधनमा गम्भीर नभएको भन्दै नगरी उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै मत नदिएपछि दुवैको बहुमत पुग्न सकेको थिएन । 

    संविधानको धारा १८२ को उपधारमा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।

    संविधानको यो दफा अनुसार माघ २ गते सभामुखको निर्वाचन गर्ने भनिएको छ । प्रदेश सभा सचिवालयले सोही दफा अनुसार अहिले सभामुखको निर्वाचन गराइरहेको छ । उपसभामुख को पनि निर्वाचन १५ दिन भित्रै गर्नु पर्ने संवैधानिक व्यवस्था छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार