Sajha Post
लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका घर्ती निर्विरोध, उपसभामुखमा तीन जनाको उम्मेदवारी

दाङ । लुम्बिनी प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । उनी पाल्पा–२ (ख) बाट निर्वाचित भएका हुुन् ।

प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा  उनको मात्र उम्मेदवारी उनी निर्विरोध भएका हुन् । घर्तीको प्रस्तावकमा एमालेका भूमीश्वर ढकाल र समर्थकमा राप्रपाका संसदीय दलका नेता आशीषकुमार चौधरी थिए ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार  उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ । राप्रपाबाट मेनुका खाँण, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको हो । 

सत्तापक्षीय गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमती भएको थियो ।

सत्तापक्षीय गठबन्धनमा रहेर मुख्यमन्त्रीमा गिरीलाई समर्थन गरेको उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दिएको छ । उक्त पार्टीले सरकारमा कम्तीमा दुई मन्त्रालयमा दाबी गर्दै आएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update