मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

'प्रचण्ड'लाई पुष्पकमल दाहाल बनाउने षड्यन्त्र परास्त गर्न विश्वासको मत दियौं

'प्रचण्ड'लाई पुष्पकमल दाहाल बनाउने षड्यन्त्र परास्त गर्न विश्वासको मत दियौं

हामीलाई थाहा छ कि अहिलेको सरकारमा संघीयता चाहँदै नचाहने शक्तिपनि छ, धर्मनिरपेक्षता चाहँदै नचाहने शक्ति पनि यो सरकारमा छ, गणतन्त्र नचाहने शक्ति यो सरकारमा छ । हरेक पग पगमा प्रचण्डलाई पुष्पकमल दाहाल बनाउने प्रयत्न भैराखेको छ । यो राजनीतिको गहिरो आयाम जुन चलिरहेको छ यसलाई बडो गहिराई साथ नेपाली कांग्रेसले विश्लेषण गरेर अहिलेको यो पोजिसन बनाएको अवस्था छ ।

साझा पोष्ट
मंगलबार, माघ ३ २०७९
  • images
    'प्रचण्ड'लाई पुष्पकमल दाहाल बनाउने षड्यन्त्र परास्त गर्न विश्वासको मत दियौं
    images
    • लामो समयदेखि यो मुलुकमा कमरेड प्रचण्डलाई पुष्पकमल दाहाल बनाउने  प्रयत्न भैराखेको छ । हामीले त्यसलाई चिर्न खोजेका हौं । नेपाली कांग्रेसले त्यो प्रवृत्तिलाई, त्यो षडयन्त्रलाइ, त्यो डिजाईनलाई परास्त गर्न खोजेको छ।

    पुष २६ गते संघीय संसदको प्रतिनिधिसभामा एउटा अभूतपूर्व, अद्भूत र आश्चर्यजनक राजनीतिक परिदृश्य देखियो । विश्वासको मत लिने प्रक्रियामा २७० मत खसेकोमा २६८ मत प्राप्त गरेर कमरेड प्रचण्डले प्रधानमन्त्रीका रुपमा विश्वासको मत प्राप्त गर्नुभयो । उहाँले विश्वासको मत लिईसकेपछि र लिने प्रक्रियामा नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने तर विश्वासको मत दिने, अझ यसलाई गहिरिएको राजनीतिक भाषामा भन्दा आलोचनात्मक समर्थनको जुन राजनीतिक पोजिसन बनायो र  लागू गर्यो । यसलाई कसैले अलि नकारात्मक कोणबाट यो ‘नेपाली कांग्रेसले ढोक्सा थापेको, कुनै खेल खेल्न खोजेको’ कुरा अगाडि सारिराखेको अवस्था छ, कसैले अलिकति क्रान्तिकारी शुद्धतावादको हिसाबले या लोकतान्त्रिक शुद्धतावादको हिसाबले ‘विश्वासको मत नदिएर प्रतिपक्षमै बसेर आलोचनकै पोजिसनबाट काम गर्नुपथ्र्यो’ भन्ने कोणबाट केही बुद्धिजीवीको कुरा आईराखेको छ । र तेस्रो ‘होईन,अहिले देशको जुन राजनीतिक परिस्थिति छ, अलिकति संकटपूर्ण छ अलिकति संवेदनशील छ, नेपालको संविधान बचाउनुपर्ने अझ परिमार्जन गर्नुपर्ने राजनीतिक आवश्यकता छ यस्तो अवस्थामा एउटा परिपक्व राजनीतिक निर्णयको आवश्कयता थियो र त्यो नेपाली कांग्रेसले लियो’  भन्ने कोणबाट पनि यो परिघटनाको विश्लेषण भैरहेको छ । 
    म खासगरी नेपाली कांग्रेसले जुन राजनीतिक पोजिसन बनायो,त्यसको विषयमा केही कुरा यो गरिमामय सदनमा राख्न चाहान्छु । किन नेपाली कांग्रेसले यो पोजिसन बनायो त ? लामो समयदेखि यो मुलुकमा कमरेड प्रचण्डलाई पुष्पकमल दाहाल बनाउने  प्रयत्न भैराखेको छ । हामीले त्यसलाई चिर्न खोजेका हौं । नेपाली कांग्रेसले त्यो प्रवृत्तिलाई, त्यो षडयन्त्रलाइ, त्यो डिजाईनलाई परास्त गर्न खोजेको छ। एउटा संघर्षको पर्यायवाचीको रुपमा, परिवर्तनकारी विचारको रुपमा,एउटा यूगान्तकारी क्रान्तिकारी एजेण्डाहरुको प्रतीकको रुपमा प्रचण्ड खडा भयो,जसको जगमा गिरिजाप्रसाद कोईरालाको साझेदारी थियो । गिरिजाप्रसाद कोईराला र प्रचण्डजी मिलेर संविधान सभामा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको एजेण्डा लागू गर्ने भन्ने प्रस्थान विन्दु  १२ बुँदे समझदारीबाट शुरु भयो । र, नेपाली कांग्रेस शुरुदेखि नै जोडिएको अवस्थामा र नेपाली कांग्रेस हुन्छ भन्दा पनि संविधान बन्छ कि बन्दैन भन्ने कोणबाट सुशील कोईरालाको भूमिका संविधान निर्माण गर्ने बेलामा र नेपाली कांग्रेस हार्छ कि जित्छ भन्ने कुरा होईन नयाँ संविधान अनुसार यो मुलुकमा चुनाव हुन्छ कि हुँदैन कोणबाट नयाँ संविधानपछिको पहिलो चुनाव शेरबहादुरजीको नेतृत्वमा भयो । १२ बुँदे समझदारी अन्तर्गत यो संविधानसभाको प्रक्रिया शुरु गरेको हो । नेपाली कांग्रेस त्यसमा जोडिएको, संविधान बनाउने कुरामा नेपाली कांग्रेस जोडिएको र संविधान लागू गर्ने कुरामा नेपाली कांग्रेस जोडिएको हुनाले अहिले यो संविधान बचाउनको निमित्त नेपाली कांग्रेसको ठूलो भूमिका रहेको सन्दर्भमा यो अलिकति बुझ्न कठिन तर दीर्घकालीन रुपमा दुरदर्शीरुपमा भोलि हुन सक्ने दुर्घटनाहरुबाटे संविधान बचाउनको लागि नेपाली राजनीतिलाई बचाउनका लागि नेपाली कांग्रेसले यो भूमिका खेलेको हो । 
    हामीलाई थाहा छ कि अहिलेको सरकारमा संघीयता चाहँदै नचाहने शक्तिपनि छ, धर्मनिरपेक्षता चाहँदै नचाहने शक्ति पनि यो सरकारमा छ, गणतन्त्र नचाहने शक्ति यो सरकारमा छ । हरेक पग पगमा प्रचण्डलाई पुष्पकमल दाहाल बनाउने प्रयत्न भैराखेको छ । यो राजनीतिको गहिरो आयाम जुन चलिरहेको छ यसलाई बडो गहिराई साथ नेपाली कांग्रेसले विश्लेषण गरेर अहिलेको यो पोजिसन बनाएको अवस्था छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मन्दिर रुपी यो संविधान रक्षा गर्नुपर्छ, जनताको चाहना अुनसार लोकतान्त्रिक प्रक्रियाबाट शान्तिपूर्ण प्रक्रियाबाट संविधान परिमाजर्न हुँदै जानुपर्छ । र, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाा र विकास गर्नुपर्छ भन्ने दृढताका साथ नेपाली कांग्रेस यो पोजिसनमा उभिएको छ । प्रधानमन्त्रीले अविचलित रुपमा राजनीतिक भूमिका निर्वाह गर्दै सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र आम नेपाली जनतालाई सेवा प्रवाह गर्ने सवालमा यो सरकार लागीरहोस त्यही मेरिटको आधारमा हामीले समर्थन गर्नेछौं । यदि त्यसबाट विमुख भयो भने नेपाली कांग्रेसले आफ्नो पोजिसनलाई रिभ्यू गनुपर्ने हुन सक्छ । तर हामी चाहान्छौं लामोसमय नेपाली कांग्रेस प्रचण्डजीसँग मिलेर काम गरेको सन्दर्भमा प्रचण्डजी प्रचण्ड रहेर यो कामलाई छिनोफानो गर्नुहुन्छ । यो एजेण्डाहरुलाई सम्बोधन गर्ने काम गर्नुहुन्छ । 
    परराष्ट्र नीतिको सन्दर्भमा जबजब नेपाली कांग्रेसको सरकार थियो हामीले दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध अगाडि बढाएका थियौं । सर्वविदितै छ,नेपाली कांग्रेस दुवै छिमेकीसँग अत्यन्त सन्तुलित सम्बन्ध राखेर नेपालको राष्ट्रियतालाई, नेपालको राष्ट्रिय अखण्डता, नेपालको आन्तरिक राष्ट्रवादलाई नेपालको विकास र समृद्धिलाई अगाडि राखेर सम्बन्ध अगाडि बढाउने छिमेक नीतिमा अडिएको पार्टी हो । त्यसकारण अहिलेको सरकार, प्रचण्डजीको यो सरकारलाई नेपाली कांग्रेसको तर्फबाट भन्न चाहान्छु, दुवै छिमेकीहरु कसैले आशंका गर्नुपर्ने, कसैले कन्सर्न पाल्नुपर्ने, कोही चाहि एकदम हौसिनुपर्ने स्थिति निर्माण नहोस् । दुवैसँग अन्त्यत राम्रो सम्बन्ध राखेर, दुवैको सहयोग प्राप्त गरेर नेपालको विकास र समृद्धिको बाटोमा  यो सरकार अघि बढोस् । 
    मैले प्रचण्ड प्रचण्डको रुपमा किन रहनुपर्छ भनें भने हिजोको राजनीतिक इतिहास एकचोटी फर्केर हेर्ने हो भने यो मुलुकमा ठूल्ठूला अन्दोलनहरु भए, ठूल्ठूला आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गर्यो, कहिले माओवादीले  गर्यो । यो देशमा मधेश आन्दोलन भयो,थारु आन्दोलन भयो, पहिचानको आन्दोलन भयाे समानताका आन्दोलनहरु भए । हरेक आन्दोलनमा मान्छेहरु मारिएका छन । तर हरेक बेलामा यहाँ न्याय भएको छ राजनीतिक आन्दोलनलाई आपराधी आन्दोलन भन्ने, थारुहरुको  कैलालीमा भएको आन्दोलन राजनीतिक थियो, यो अन्याय भएको छ । रेशम चौधरीमाथि अन्याय भएको छ, थारुहरुमाथि अन्याय भएको त्यसलाई करेक्सन गर्नुपर्छ । 
    र अन्त्यमा संघीयताको विरोध गर्नेहरुलाई भन्न चाहान्छु जबदेखि मुलुक संघीयतामा प्रवेश गर्यो कहीँ पनि पृथकतावादी आन्दोलन भएन । देशलाई टुक्र्याउने आन्दोलन भएन अझ अलि चर्को आवाज उठाउने सीके राउत प्रतिनिधिसभामा हाजिर छ । त्यसकारण संघीयताले मुलुकलाई बलियो गरेको छ । आन्तरिक राष्टवादलाई, राष्ट्रियतालाई बलियो गरेको छ। यसलाई कम खर्चिलो बनाउने  सवालमा एउटा मोडल ल्याऊँ । 


    images
    images

    -नेपाली कांग्रेसका नेता देवले राष्ट्रियसभामा गरेको सम्बोधन  ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार