शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव 

माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव 

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ। उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।

साझा पोष्ट
बुधबार, माघ ४ २०७९
  • images
    माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव 
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ। उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।


    images
    images

    स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।

    वंशाणुगत कारणले कलेजोमा समस्या देखिएकाले पुनको परिवारलाई प्रत्यारोपणका लागि उपयुक्त अस्पताल खोज्नसमेत भनिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

    लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ डा युवराज शर्माका अनुसार पुनको कलेजोको ८० प्रतिशतभन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले कलेजो प्रत्यारोपण गर्नु उपयुक्त विकल्प हो । 

    डा शर्माका अनुसार  दुई महिनादेखि नेता पुनको पेटमा पानी जम्ने समस्या देखिएको छ । सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको थियो ।

    ‘उहाँले यसअघि पनि बाहिर गएर धेरै पटक उपचार गर्नुभएको छ। अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन,डा शर्माले भने ।  त्यसका लागि पुनकोसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सुझाव छ । 

    नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ। पुनको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु अस्पताल पुगेका थिए । 

    स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएर अस्पताल भर्ना गरिएको थियो । 

    पुन गत  पुस ५ मा मात्रै चीनमा उपचार गरेर नेपाल फर्किएका थिए। वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार