कर्णालीमा सभामुख र उपसभामुख दुवै महिला

सुर्खेत । कर्णाली प्रदेश सभाको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित भएकी छिन्। बुधबार बसेको प्रदेश सभा बैठकले उपसभामुखमा न्यौपानेलाई निर्वाचित गरेको हो ।
प्रदेश सभाका ४० सांसदमध्ये प्रदेश सभाको बैठकमा ३८ जना सांसद उपस्थित रहेका थिए। उपस्थितमध्ये पक्षमा २४ मत र विपक्षमा १४ मत परेको थियो।
न्यौपानेलाई सत्तारूढ नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाले मत दिएको थिए । शाहीलाई कांग्रेस र स्वतन्त्र सांसदले मत दिएनन् । यसअघि आइतबार प्रदेश सभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।
कर्णाली प्रदेश सभाको सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रको भागबन्डा रहेको थियो। कर्णालीमा सभामुख र उपसभामुख दुवै महिला निर्वाचित भएका छन्।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय