Sajha Post
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए शतप्रतिशत विश्वासको मत 

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शतप्रतिशत विश्वासको मत पाएका छन् । बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा  सिङ्गो प्रदेशसभाले उनलाई विश्वासको मत दिएको हो ।

सभामा १०२ सांसद उपस्थित रहेकोमा १०२ सांसदले नै विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी मत परिणाम घोषणा भएपछि मुख्यमन्त्री यादवलाई बधाई तथा शुभकामनासमेत दिए ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update