Sajha Post
लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत 

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज  विश्वासको मत पाएका छन् । बिहिवार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री गिरिले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा,  जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका  र स्वतन्त्र गरि ५७  जनाको मत प्राप्त गरे । 

उनको विपक्षमा २८ मत परेको छ । नेपाली काग्रेस र जनमोर्चाले गिरिलाइ  बिश्वासको मत दिएनन् । मुख्यमन्त्री गिरि पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update