शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

आज राति मेस्सी र रोनाल्डो भीड्दै, साउदी व्यापारीले किने ३३ करोड नेपाली रुपैयाँको टिकट 

आज राति मेस्सी र रोनाल्डो भीड्दै, साउदी व्यापारीले किने ३३ करोड नेपाली रुपैयाँको टिकट 

साझा पोष्ट
बिहीबार , माघ ५ २०७९
  • images
    आज राति मेस्सी र रोनाल्डो भीड्दै, साउदी व्यापारीले किने ३३ करोड नेपाली रुपैयाँको टिकट 
    images

     काठमाडौं । फूटबलका दुई महान खेलाडि क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी आज हुने मैत्रीपूर्ण खेलमा आमने सामने हुँदैछन ।  फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ स्टारबीच भीडन्त हुनेछ । 


    images
    images

    पिएसजी र अल स्टारको खेल विहीबार रियादस्थित किंग फाहद रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार रातको १०ः४५ बजे सुरु हुनेछ ।
    पछिल्लो पटक मेस्सी र रोनाल्डोको भेट सन् २०२० डिसेम्बरमा भएको थियो । च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्सबाट खेलेपछि दुवैले क्लब परिवर्तन गरेका छन् । मेस्सी बार्सिलोना छोडेर पिएसजी पुगेका छन् । त्यस्तै रोनाल्डो युभेन्टस छोडेर म्यानचेस्टर युनाइटेड हुँदै यसै महिना मात्र अल नासरमा अनुबन्धित भएका थिए । रोनाल्डोले डेब्यु गर्न भने बाँकी छ ।

    रोनाल्डोले इंग्ल्यान्डमा रहँदा पाएको दुई खेलको प्रतिबन्ध पूरा नगरेका कारण अल नासरमा डेब्युका लागि प्रतीक्षा गर्नुपरेको हो । त्यसैले साउदी आएपछि उनले क्लबभन्दा अघि अल स्टारको कप्तानी गर्ने  छन् । रोनाल्डो साउदी अरबमा आएपछि मेस्सीसँग खेल्दै सिजनको सुरुवात गर्न लागेका हुन् ।

    यसैबीच साउदी अरबका एक व्यापारीले क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी सहभागी हुने मैत्रीपूर्ण खेलका लागि ३३ करोड नेपाली रुपैयाँ भन्दा बढी खर्चेर टिकट खरिद गरेका छन् ।

    भीआइपी टिकट खरिद गर्नेले आफूले चाहेका खेलाडीसँग तस्विर खिच्न पाउने र खेलाडीको ड्रेसिङ रुम समेत प्रवेश गर्न पाइनेछ । यस अक्सनमार्फत आएको रकम एहसान नामक राष्ट्रिय च्यारिटीमा योगदान दिइने बताइएको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार