शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेकाे आरोपमा क्रिकेटर महबुब आलम र आदील अन्सारी पक्राउ

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेकाे आरोपमा क्रिकेटर महबुब आलम र आदील अन्सारी पक्राउ

साझा पोष्ट
सोमबार, माघ ९ २०७९
  • images
    नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेकाे आरोपमा क्रिकेटर महबुब आलम र आदील अन्सारी पक्राउ
    images

    नेपाल टी २० क्रिकेट लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।


    images
    images

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार महबुब र आदीललाई पक्राउ गरेको हो ।सीआईबीको उच्च स्रोत अनुसार अन्य क्रिकेटर समेत पक्राउ पर्ने सम्भावना छ ।

    उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।

    त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । त्यसमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको बताइएकाे छ । 

    पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पष्ट फिक्सिङ’ हो । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक गरेका थिए । 

    पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

    लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।  नेपाल टी–२० लिगका खेलमा ‘म्याच फिक्सिङ र स्पट फिक्सिङ’ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई भ्रामक र मिथ्या सूचनामात्र दाबी गर्दै आएको छ । तर सीआइबीले स्पट फिक्सिङ भएकाे ठहर गरिसकेकाे छ । 

    पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार