राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ।
सरकारले श्रेष्ठलाई आयोगमा नियुक्त गरेका हो । श्रेष्ठलाई सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
माओवादीनिकट श्रेष्ठ यसअघि पनि योजना आयोगमा उपाध्यक्ष भएका थिए ।
श्रेष्ठ पहिलो कार्यकालका योजना आयोगको उपाध्यक्ष हुनुअघि नेपला राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए।
श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बीएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९ १३:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय