Sajha Post
नेपाल टी–२० लिगको स्पट फिक्सिङमा ४ नेपालीसहित १० जना सक्रिय : सीआइबी

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रय अनुसन्धान ब्युरो (सीआइबी) ले गत पुस ९ देखि२७ गतेसम्म भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा गर्ने कार्यमा १० जना सक्रिय रहेको जनाएको छ। 

स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न रहेको सीआइबीको ठहर छ। संलग्नमध्ये पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम, राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आदिल अन्सारीसहित तीन जना पक्राउ गरिएको सीआइबीले जनाएको छ। 

प्रहरीले पक्राउ परेका एक नेपालीको पहिचान खुलाएको छैन । अरुको खोजी भइरहेको सीआईबीले जनाएको छ । घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सीआईबीले बताएको छ ।

सम्बन्धित समाचार

स्पट फिक्सिङ गरेकाे आरोपमा क्रिकेटर महबुब आलम र आदील अन्सारी पक्राउ

नेपाल टी–२० लिगमा फिक्सिङ भएको सीआईबीको निस्कर्ष

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update