Sajha Post
प्रहरीले चासो नदिँदा भारतमा दुई नेपालीको हत्या भएको भन्दै जनकपुरमा प्रदर्शन (तस्बिरसहित)

जनकपुरधाम । जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा बिरोध प्रदर्शन गरेका छन् । 

मृतकका आफन्त र स्थानीयले आफूले मृत्यु हुनुभन्दा पहिला नै प्रहरलिाई खबर गरेपनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै बिरोध जनाएका हुन् । १४ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपति भारतमा हत्या भएको थियो । 

Janakpur_Birodh (1)1674470134.jpg

मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । तर परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरु दुवैको हत्या भएको थियो । 

Janakpur_Birodh (3)1674470150.jpg

गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् । 

Janakpur_Birodh (4)1674470162.jpg

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए । 

Janakpur_Birodh (5)1674470175.jpg

मृतकका मामाले प्रहरीलाई पहिला नै गराएको र अपहरणमा परेको रिपोर्ट दिएपनि प्रहरीले नै चासो नदिएको आरोप लगाए । उनले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनुपरेको बताए । बिरोध प्रदर्शनमा उनीहरुले मृतकलाई न्याय दे, गृहमन्त्री राजिनामा दे जस्ता नारा लगाएका थिए ।   

Janakpur_Birodh (6)1674470189.jpg

Janakpur_Birodh (7)1674470201.jpg

Janakpur_Birodh (8)1674470217.jpg

Janakpur_Birodh (9)1674470231.jpg

Janakpur_Birodh (10)1674470245.jpg

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update