
विराटनगर । प्रदेश १ का मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले कार्यविभाजन गरेसँगै उनीहरूले आजदेखि जिम्मेवारी सम्हालेका छन् ।
पुस २५ गते मुख्यमन्त्री कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । दोस्रोपटक पुस ३० गते थप तीनजना मन्त्री नियुक्त भएसँगै सात सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।
कार्यविभाजनपछि एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिंचाइ तथा ऊर्जा, माओवादी केन्द्रका दुर्गा चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास, राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, माओवादी केन्द्रका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, एमालेका बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालय र जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रालयको संख्या १३ बाट घटाएर नौ कायम गरिएको छ ।