शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

६ महिनामा देशको व्यापार घाटा ७ खर्ब ११ अर्ब

६ महिनामा देशको व्यापार घाटा ७ खर्ब ११ अर्ब

साझा पोष्ट
सोमबार, माघ ९ २०७९
  • images
    ६ महिनामा देशको व्यापार घाटा ७ खर्ब ११ अर्ब
    images

    काठमाडौं ।  चालु आर्थिक वर्षको  ६ महिना अर्थात साउनदेखि पुससम्ममा मुलुकको व्यापार घाटा ७ खर्ब रूपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार पुगेको छ ।


    images
    images

    पुस मसान्तसम्ममा नेपालले ७ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु खरिद गरेको छ भने ८० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। 

    गत आर्थिक वर्षको तुलनामा नेपालको वस्तु आयात र निर्यात दुवैमा कमी आएको देखिएको छ। जसकारण नेपालको वैदेशिक व्यापारको आयतन समेत घटेको भन्सार विभागले जनाएको छ। 

    यद्यपि गत वर्षको यसै अवधिको तुलनामा भने आयात निर्यात दुबै घटेको देखिन्छ ।

    आयात २०.६८ प्रतिशतले घटेको छ भने निर्यात ३२.०१ प्रतिशतले घटेको छ । समग्रमा व्यापारघाटा १९.१५ प्रतिशतले कम भएको हो । गत वर्षको यसै अवधिमा नेपालले ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो ।

    विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा वस्तु आयात २० दशमलव ६८ प्रतिशत र वस्तु निर्यात ३२ दशमलव ०१ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको ६ महिनाको नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब रुपैयाँको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा ८ खर्ब ७३ अर्ब रुपैयाँको मात्रै छ।


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार