Sajha Post
साफका लागि यू-२० महिला टाेलीकाे घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-२० राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ ।

बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भएको हो ।

मुख्य प्रशिक्षक यम गुरुङले प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गरेको एन्फाले जनाएको छ ।

नेपाली टोली 

गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द

महिला यू-२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानले भाग लिनेछन् ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ ।यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update