शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त 

एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त 

साझा पोष्ट
मंगलबार, माघ १० २०७९
  • images
    एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त 
    images

    काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गतका ८ खेलमा लगातार हार बेहोरेपछि एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई पदबाट बर्खास्त गरेको छ। 


    images
    images

    प्रिमियर लिगको रेलिगेसनबाट जोगिन संर्घष गरिरहेको एर्भटनले शनिबार राति वेस्ट ह्याम युनाइटेडसँग २–० को हार बेहोरेपछि प्रशिक्षक लाम्पार्डलाई क्लबले सोमबार राति बर्खास्त गरेको हो।

    ४४ वर्षीय लाम्पार्डलाई एभर्टनले २०२२ को  जनवरी ३१ मा मुख्य प्रशिक्षक बनाएको थियो।  रेलिगेनस जोनमा संर्घष गरिरहेको एभर्टनलाई उनले त्यतिबेला रेलिगेसनबाट बचाएका थिए। यसअघि चेल्सीबाट पनि बर्खास्तीमा परेका लाम्पार्डलाई राम्रो प्रशिक्षण दिन नसकेको आरोप लागिरहेको छ। 

    सन् २०१६ पछि सातजना मुख्य प्रशिक्षक फेरिसकेको एभर्टन योपटक स्थायी प्रशिक्षकको खोजीमा छ। लाम्पार्डको बर्खास्तगीसँगै एभर्टनले नयाँ प्रशिक्षकको खोजी पनि सुरु गरिसकेको छ। एभर्टनको नयाँ प्रशिक्षकका लागि इङ्लिस टोली वर्नले एफसीका सेन डाइचे, लिड्स युनाइटेडका मार्सेलो बिल्सा, डीसी युनाइटेडका वेन रुनी, एर्भटनकै अन्तरिम प्रशिक्षक डंकन फग्र्युसन, साउथ हेम्प्टन एफसीका राल्फ हसनहटलको नाम चर्चामा छ। 

    जारी सिजन कमजोर प्रर्दशन गरिरहेको एभर्टनले २० खेलमा ३ जित, ६ बराबरी र ११ हारको नतिजासहित १५ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ। 


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार