भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु [अपडेट]
![भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु [अपडेट]](https://www.sajhapost.com/uploads/posts/qauake1674557169.jpg)
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका(- की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले जानकारी दिए ।
घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डीएसपी थापाका अनुसार प्रहरी निरीक्षकको टोली उद्दारका लागि घटनास्थलमा परिचालन गरिएको छ ।
बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५।९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको खबर आएको र विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय